काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री पार्वत गुरुङले बालविवाह अन्त्य गर्ने बताएका छन् ।
कार्यभार सम्हालेलगत्तै नवनियुक्त मन्त्री गुरुङले यसका लागि दुई महिनाभित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।
महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न उनीहरुको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा आफू लागि पर्ने उनको भनाइ थियो ।
मन्त्री गुरुङले महिला हिंसा, बालविवाहजस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना सुनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।