रेल, पानीजहाजलगायत पूर्वाधारका कामलाई गति दिन्छु : मन्त्री नेम्वाङ

काठमाडौं– नवनियुक्ति भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यका र देशभरको सडकको अवस्थाबारे आफू जानकार रहेको बताउँदै यसको समाधानका लागि कदम चाल्ने बताएका छन् । 

‘नागरिकको हैसियतले काठमाडौं उपत्यका र देशभरको सडक देखेको छु,' बिहीबार बिहान शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हाल्दै उनले भने, 'काठमाडौंलाई धुलोधुवाँमुक्त बनाउन सम्भव छ, म गरेर देखाउँछु ।’ मन्त्रालयमा उनलाई स्वागत गर्न कर्मचारीसँगै निवर्तमान मन्त्री रघुवीर महासेठ पनि लाममा बसेका थिए । 

सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री नेम्वाङले पूर्वाधार विकासमा अहिले भएको कामको गति पर्याप्त नभएको बताए । प्रशासनिक, नीतिगत सुधार गरेरै भए पनि आफूले सडक, रेल, पानीजहाजलगायत पूर्वाधारका कामलाई गति दिने उनको प्रतिबद्धता थियो । 

आफ्नो स्वागतमा बसेका निवर्तमान मन्त्री महासेठको पनि उनले खुलेर प्रशंसा गरे ।  महासेठ पार्टीको नेता मात्र नभएर इन्जिनियर पनि भएको भन्दै मन्त्री नेम्वाङले निवर्तमान मन्त्रीका राम्रा कामलाई आफूले पनि निरन्तरता दिने बताए । 





  • प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार १८:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया