एमनेस्टीको प्रतिवेदन : गुगल र फेसबुकका कारण मानवअधिकार खतरामा

काठमाडौं– अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले गुगल र फेसबुकका कारण मानवअधिकार खतरामा परेको दाबी गरेको छ । 

गुगल र फेसबुकद्वारा गरिने ‘व्यापक निगरानी’प्रति चिन्ता प्रकट गर्दै एमनेस्टीले जारी गरेको प्रतिवेदनमा दुवै  ‘प्लेटफर्म’ले बृहत् रुपले मानवाधिकारलाई हनन गरेकाे दाबी गरिएको छ । 
 
प्रतिवेदनमा विश्वका एकतिहाइ जनसंख्याले दैनिक रुपमा फेसबुक प्रयोग गरिरहेको जनाइएको छ । एमनेस्टीले गुगल र फेसबुकको बिजनस मोडललाई ‘अर्बाैं मानिसको विश्वव्यापी निगरानी’ भनेको छ । 

दुवै कम्पनीको आधारभूत ‘बिजनस मोडल’मा ‘मौलिक परिवर्तन’ गर्नुपर्ने आवश्यकता औँल्याउँदै एमनेस्टीले यी कम्पनीले आफ्नो सेवा परिवर्तन गर्दा कुनै शुल्क नलिए पनि प्रयोगकर्ताले आफ्नो ‘पर्सनल डाटा’का रूपमा त्यसको मूल्य चुकाउनुपरिरहेको जनाएको छ ।  

एमनेस्टीको उक्त प्रतिवेदनप्रति फेसबुकले असहमति जनाएको छ । बरु मानवअधिकारलाई सशक्त बनाइरहेको दाबी गर्दै फेसबुकले उक्त प्रतिवेदनप्रति असहमति जनाएको हो । गुगलले पनि प्रयोगकर्ताको विश्वासको कदर गर्दै प्रयोगकर्ताको ‘डाटा’को सुरक्षाको जिम्मेवारीप्रति संवेदनशील रहेको बताएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार १४:३७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया