मिटू अभियान
मिटू आरोपपछि फेरि इन्डियन आइडल छोडे अनु मलिकले

काठमाडौं– भारतका म्युजिक कम्पोजर अनु मलिकले फेरि एक पटक इन्डियन आइडलको निर्णायकको भूमिकाबाट बाहिरिनु परेको छ । मलिकमाथि गायिका सोना महापात्राले मिटू आरोप लगाएकी छिन् । 

यो कार्यक्रम अनु मलिकले यसअघि पनि एकपटक छोड्नु परेको थियो । त्यति बेला पनि उनीमाथि मिटू आरोप लागेको थियो । अब उनी अहिले सोबाट निकालिएपछि उनको ठाउँमा अर्को निर्णायक को आउँछ भन्ने खुलाइएको छैन ।

सोना महापात्रले यसअघि बारम्बार आफूमाथि अनु मलिकले दुव्र्यवहार गरेको बताएकी छिन् । उनले आइतबार मात्र महिला तथा बालविकास मन्त्री स्मृति इरानीलाई एक चिठी लेख्दै यसबारे बताएकी पनि थिइन् ।





  • प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार १६:२७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया