महाराष्ट्रमा नाटकीय राजनीति
भारतको महाराष्ट्रमा नाटकीय घटनाक्रम, फडणवीस बने मुख्यमन्त्री

एजेन्सी– केही अघि निर्वाचन सकिएको भारतको महाराष्ट्रमा शनिबार विहान निकै रोचक तथा अविश्वसनीय घटना क्रम देखियो । यो समयसमयमा आउने भारतीय राजनीतिमा हुने उलेटफेरभन्दा फरक रहेन । यो नाटकीय घटनाक्रमसँगै त्यहाँ मुख्यमन्त्रीको पदमा देवेन्द्र फडणवीसले सपथ लिएका छन् । उनी अब महाराष्ट्रमा दोस्रो पटक मुख्यममन्त्री बनेका हुन् । 

त्यस्तै, शनिबार नै एनसिपीका नेता शरद पवारका भतिजा अजित पवारले पनि त्यहाँ उपमुख्यमन्त्रीको सपथ लिएका छन् । 

महाराष्ट्रमा ९ नोभेम्बरमा राष्ट्रपति शासन लगाइएको थियो । शनिबार विहान पौने ६ बजे त्यहाँ राष्ट्रपति शासन हटाइयो । अनि सवा ८ बजे देवेन्द्र तथा पवारले शपथ लिएका हुन् । अब १२ बजेपछि त्यहाँ शिवसेनाका प्रमुख उद्धव ठाकरले पत्रकार सम्मेलन गर्ने भएका छन् । 

महाराष्ट्र विधानसभा निर्वाचनको नतिजा खासमा २४ अक्टोबरमा आएको थियो । त्यति बेला भाजपा र शिवसेनाले संयुक्त सरकार बनाउने भनेका थिए । तर, आधाआधा समय मुख्यमन्त्रीको जिम्मेवारी लिने विषयमा यी दुई दलबीच सम्झौता हुनसकेन । त्यसपछि विभिन्न सहमति गर्ने प्रयास हुन थाले ।

तर, अब यो समीकरण फेरिएको छ । अजित पवारले ३० विधायकलाई लिएर आफ्नो नयाँ पार्टी बनाएको बताइएको छ । शरद पावरले त्यसैले ट्विट गरेका छन्– अजितले जे गरेका छन्, त्यो हाम्रो पार्टीको फैसला होइन । 

यतिमात्र होइन, रातारात त्यहाँ शरदको पार्टीका केही नेताहरु भाजपामा प्रवेश गरेको समाचार पनि बाहिर आइरहेका छन् ।



यता, भारतका प्रधानमन्त्रीले देवेन्द्रले लिएको मुख्यमन्त्रीको सपथको विषयमा ट्विट गरेका छन् । उनले यी दुई देवेन्द्र र अजितले महाराष्ट्रको भविष्य सुन्दर बनाउने आफूले विश्वास लिएको बताएका छन् । 



  • प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार १०:५३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया