चितवन मेडिकल कलेजको होस्टलबाट सट गन बरामद
फाइल तस्वीर ।

भरतपुर– प्रहरीले चितवन मेडिकल कलेजको होस्टलबाट सटगन बरामद गरेको छ । 

‘प्रहरीले छानबिन सुरु गरिसकेको छ,’ चितवन मेडिकल कलेजका सिइओ प्रताप देवकोटाले फरक धारसँग भने, ‘यस विषयमा प्रहरीले हामीलाई पनि त्यहाँ जान दिएको छैन ।’  देवकोटाले त्यो क्षेत्रमा निकै ठूलो संख्यामा प्रहरी परिचालन भएको पनि जानकारी दिएका छन् ।

भरतपुरको कैलाशनगरमा रहेको होस्टलमा शनिबार दिउँसो प्रहरीले छापा मारेको थियो । त्यहाँका सुरक्षा गार्डले दिएको जानकारीपछि प्रहरीले त्यहाँ छापा मारेको हो ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु पनि पछिल्लो समय आफूहरुसँग कलेजले निर्धारित भन्दा धेरै शुल्क लिएको भन्दै आन्दोलनमा छन् । आइतबार उनीहरुले चितवनमा व्यापक ठूलो प्रदर्शनी गर्ने तयारी गरेका थिए ।

‘यसले माहोल त्रसित बनाएको छ,’ देवकोटाले भने, ‘प्रहरीले यस विषयमा थप अनुसन्धान गरेर अगाडि बढ्ने जनाएको छ ।’





  • प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार १७:२१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया