ला लिगा
बार्सिलोनाको कठिन जित

काठमाडौं– आरटुरो भिडालले खेलको अन्त्यतिर गरेको गोलका कारण ला लिगामा बार्सिलोनाले फेरि जित निकाल्दै शीर्ष स्थानमा आफ्नो पोजिसन कायम राखेको छ । आज भएको खेलमा बार्सिलोनाले लिगानेसलाई जितेको हो । 

खेलको सुरुवातमा चाहिँ युसेफको रोमान्चक गोलले लिगानेस अगाडि थियो । यो गोलको जवाफ दिनका लागि बार्सिलोनालाई निकै समय लाग्यो । पहिलो हाफ सकिएलगत्तै लुइस सुवारेजको हेडरले खेल बराबरीमा पुग्यो ।

भिडालले ७९ औं मिनेटमा गोल स्कोर गरेपछि बार्सिलोनाले यो खेलमा आफ्नो जित पक्का गर्यो । यो सिजनमा बार्सिलोनाले अवे मैदानमा तीन पटक हार व्यहोरेको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार १९:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया