कृष ४ मा मृणालसँग काम गर्न चाहन्छन् ऋतिक

एजेन्सी– निर्माता तथा निर्देशक राकेश रोशनले जनवरीमा फिल्म कृष ४ को घोषणा गरे । उनले फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुने र यसमा आफूले छिट्टै काम सुरु गर्ने बताएका छन् । उनले यो फिल्मलाई लिएर प्रशंसकहरु एक्साइटेड भएको पनि बताएका छन् । 

यो फिल्ममा पनि मुख्य भूमिकामा अभिनेता ऋतिक रोशन नै देखिने भएका छन् । तर, फिल्ममा अभिनेत्री कसलाई लिने भन्नेबारे अहिलेसम्म निर्णय भइसकेको छैन । त्यसैले यसका लागि ऋतिकले मृणाल ठाकुरको नाम सिफारिस गरेको भारतीय सन्चारमाध्यममा समाचार छ । मृणालले यसअघि ऋतिकसँग सुपर ३० मा काम पनि गरेकी थिइन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार १२:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया