पशुपति क्षेत्र विकास कोषमा तीनजना सदस्य मनोनीत

काठमाडौं– पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीनजना सदस्य मनोनीत भएका छन् । तीनैजना सदस्यको पदावधि चार वर्षको हुनेछ । 

कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत भएका हुन् ।

बाँस्तोला गत साउन ६ गते संस्कृति मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालेका  वेला सदस्य पदमा मनोनीत भएका हुन् ।

यसैगरी जैन र पाण्डे योगेश भट्टराई मन्त्री भएपछि मंसिर ६ गते नियुक्त भएको पत्र प्राप्त भएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिए । 





  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार १६:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया