कांग्रेस प्रवक्ताकाे दाबी : कास्कीमा हामी २४ सय मत अन्तरले जित्दै छाैँ

पोखरा– नेपाली कांग्रेसले कास्की–२ को उपनिर्वाचनमा २ हजार ४ सय मत अन्तरले जित्ने दाबी गरेको छ । नेपाल प्रेस युनियन कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो दाबी गरेका हुन् ।

प्रवक्ता शर्माले कास्कीको चुनाव जित्ने आधार प्रस्तुत गर्दै भने, ‘सबै प्रकारले हेर्दा २ हजार ४ सय मतले हामी चुनाव जित्छौँ । हामी यसलाई बढाउन प्रयत्नशील छौँ ।’

कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेको दाबी गर्दै उनले कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा गर्न नसकेको, कम्युनिष्ट सरकारले गलत काम गरेको, कांग्रेसका उम्मेदवार निष्ठावान् र लोकप्रिय रहेको आदि कारणले कांग्रेसले निर्वाचन जित्नेमा शंका नरहेको उयनको प्रक्षेपण थियो ।

डोनाल्ड ट्रम्पले ७० वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति चलाइरहेको उल्लेख गर्दै शर्माले खेमराज पौडेलको उमेरको सवालभन्दा उहाँले दिने सन्देश महत्वपूर्ण हुने स्पष्ट पारे ।





  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार १६:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया