काठमाडौं– उपचारका लागि आएकी एक बिरामी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने चिकित्सक ललितपुरमा रहेको मेडिसिटी अस्पतालका हुन् ।
पीडित ३० वर्षीया महिलाले दिएको किटानी जाहेरीपछि ललितपुरमा प्रहरीले डाक्टर रोहितप्रसाद झालाई पक्राउ गरेको हो ।
धनुषा घर भएका झाले जनरल चेकअप गर्न पुगेकी युवतीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेको हो । उनीविरुद्ध जबरजस्ती करणी उद्योगमा म्याद थप गरेर अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।