डेढ वर्षदेखि बस्न नसकेकाे त्रिवि सभा शुक्रबार बस्दै

काठमाडौं– विगत लामो समयदेखि बस्न नसकेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को साधारणसभा बोलाइएको छ ।

वर्षमा दुईपटक बस्नुपर्ने सभामा डेढ वर्षदेखि बस्न नसकेकामा नयाँ उपकुलपतिको नियुक्तिसँगै यही शुक्रबार डाकिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । 

त्रिविको उपकुलपतिमा गत महिना प्रा.डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका थिए । यसैगरी सभामा पुनरावेदन आयोगको अध्यक्ष नियुक्ति गर्ने सम्बन्धमा प्रस्ताव पेस गरिने भएको छ ।

सभामा कार्यकारी परिषद्का लगि मनोनीत भएका विनोद पराजुली, डा.राजेन्द्रप्रसाद पौडेल, प्रा‍.डा. रामप्रसाद खतिवडाको नाम अनुमोदन गरिने भएको छ ।  उनीहरुलाई त्रिवि परिषद्ले पहिल्यै नै मनोनीत गरे पनि सभाबाट अनुमोदन भएको थिएन ।
 





  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार १५:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया