प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर अवस्थामा

काठमाडौं– एपेडिक्सको अप्रेसन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अहिले स्थिर अवस्थामा छ । मंगलबार बिहान अत्यधिक पेट दुखेपछि प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।

स्वास्थ्य परीक्षण गर्दा उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । अस्पताल पुगेलगत्तै अप्रेसन गरिएको थियो । 

अहिले सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट)मा आराम गरिरहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशन प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बताए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले केही अघिदेखि नियमित डायलाइसिस गराउँदै आएका थिए । तर, मिर्गौला र एपेन्डिसाइटिसबीच कुनै सम्बन्ध नरहेको डा. अरुणा उप्रेतीको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार १६:९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया