कांग्रेसमा प्रवेश गरेको भन्दै नेकपा कार्यकर्ताद्वारा कुटपिट

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले कांग्रेसका कार्यकतामाथि कुटपिट गरेका छन् । केही दिनअघि नेकपाबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिहरुलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेका हुन् ।  

गएराति नेकपाका दीपक मगरसहितका कार्यकताले ४५ वर्षीय टेकबहादुर परियारलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । कुटपिटबाट उनको टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेको छ । घाइते परियारको अवस्था गम्भीर रहेको बताइएको छ ।

केही दिनअघि परियारसहित सयौँको संख्यामा नेकपा परित्याग गरी का्रग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनीहरुलाई स्वागत गरेका थिए । 

निर्वाचनको मुखमा कांग्रेस प्रवेश गरेर नेकपालाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै आपूमाथि आक्रमण भएको परियारको भनाइ छ । कुटपिटबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार १६:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया