समस्यामा चीन
किन सबैभन्दा गहिरो संकटमा छन् चिनियाँ राष्ट्रपति सी ?

चिनियाँ राष्ट्रपति सी जिनपिङ यदि विहान आफ्नै देशका पत्रिका हेर्छन् भने यो निश्चित छ, उनी निराश हुनेछन् । 

यसका अनेक कारण छन् । चाहे त्यो हङकङमा भएको निर्वाचनमा प्रजातन्त्र समर्थकको विजय होस् या सिनजियाङ प्रान्तमा मुसलमानसँग जोडिएको दस्तावेज लिक भएको घटनाले किन नहोस्, अहिले पक्कै उनको मन शान्त छैन । यतिमात्र होइन, अब विस्तारै विश्वका अन्य देशका नेताहरुले पनि सीको आलोचना गर्न थालेका छन् ।

त्यसको पछिल्लो नाममा थपिएका छन्, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन । अष्ट्रेलियाका नेताहरुले चीनमाथि आरोप लगाएका छन् कि चीनले त्यहाँको संसदमा आफ्नो एजेन्टलाई निर्वाचित गर्ने प्रयास गरेको थियो ।

हुन त केहीअघि चिनियाँ राष्ट्रपति सीलाई चीनका नेता माओसँग तुलना गरिएको थियो । तर, अब उनी विस्तारै प्रत्येक क्षेत्रमा घेरिएका छन्, समस्यामा पर्न थालेका छन् । 

आइतबार मात्र चीनको एक पत्रिकामा छापिएको समाचारअनुसार चीनको सरकारले एक चिनियाँ मूलका अष्ट्रेलियाली नागरिकलाई संघीय सिटमा निर्वाचन उठ्नका लागि १० लाख डलर अफर गरेको समाचार छापिएको थियो । तर, ३२ वर्षका निक शाओले यसलाई अस्वीकार गरेका थिए । तिनै निकको शव गत मार्चमा मेलबर्नको एक होटलमा भेटिएको थियो । उनको हत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन ।नेपालमा वर्षाैपछि केहीअघि भएकाे चिनियाँ राष्ट्रपति सीकाे भ्रमणलाई विशेष प्राथमिकता दिइएकाे थियाे ।

‘दोस्रो देशबाट यस्तो खालको खतरा भइरहेको विषयमा अहिलेसम्म अष्ट्रेलिया बेखबर थियो,’ अष्ट्रेलियाका प्रधानमन्त्रीले सोमबार मात्र एक कार्यक्रममा भनेका थिए, ‘त्यसैले हामी जासुुसी संस्थालाई अब झन् बलियो बनाउँदै छौँ ।’



यता, चीनले चाहिँ यो आरोपको खण्डन गरेको छ । यसलाई झुटो आरोपको संज्ञा चीनले दिएको छ ।

यतिमात्र होइन, पछिल्लो समय चीनले ताइवान तथा हङकङका निर्वाचनमा पनि प्रभाव पार्न प्रयास गरेको आशंका गरिएका छन् ।



त्यसो त पछिल्लो समय हङकङमा भइरहेको प्रदर्शन पनि चीनको विरोधमा सुरु भएको प्रदर्शन हो । त्यही प्रदर्शनर्ला इङ्गित गर्दै चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणको समयमा कडा आलोचना पनि गरेका थिए । तर, हङकङमा अझै पनि प्रदर्शनी रोकिएका छैनन् । यसले गर्दा पनि पछिल्लो समय सीलाई चिन्तामा पारेको विश्लेषण गर्न थालिएको छ ।

अर्कोतिर, यही वर्षदेखि चीनको अर्थतन्त्रमा पनि समस्या देखिन थालेको विभिन्न अध्ययन तथा विश्लेषणले देखाएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि चीनमा पछिल्लो समय आर्थिक विकास पहिलेको भन्दा सुस्त हुन थालेको रिपोर्ट प्रकाशन गरेको छ । 

अमेरिका तथा अन्य देशहरुसँग चीनको व्यापार युद्ध पनि बढिरहेको छ । यसले गर्दा पछिल्लो समय चिनियाँ नेतृत्व निकै समस्यामा परेको विश्लेषणहरु अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुमा आउन थालेका छन् ।

  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार ०:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया