गुल्मीमा जिप दुर्घटना, १ को मृत्यु, ४ घाइते

गुल्मी– गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गएराति लु १ ज २७८४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेको बुटिसगैरामा रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा सत्यवती गाउँपालिका–३, सिङदीका ६८ वर्षीय ललितादेवी सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए ।

दुर्घटनामा सत्यवती–३ का २२ वर्षीय राजन राहडी, २२ वर्षीय देवबहादुर बिक, ७ वर्षीय वीरेन्द्र सिंजाली र २३ वर्षीय अनिल बिक घाइते भएका छन् । 

प्रहरीले जिप र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार १०:४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया