महाराष्ट्रः सत्ताका लागि घुमेको चक्र, केही दिनमा बन्दै भत्कँदै रणनीति

एजेन्सी– भारतको महाराष्ट्रमा कसको सरकार बन्दै छ ? चुनाव भएको र नतिजा आएको एक महिनापछि मात्र त्यहाँ भइरहेको सत्ता समीकरणको खेलपछि यो प्रश्नको जवाफ मिलेको छ । 

अब शिवसेनाका प्रमुख उद्धव ठाकरेले २८ नोभेम्बर साँझ साढे ५ बजे शिवाजी पार्क महाराष्ट्रमा मुख्यमन्त्री पदको सपथ लिँदै छन् । मंगलबार साँझमात्र उनलाई शिवसेना, एनसिपी र कांग्रेसले आफ्नो विधायक दलको नेता चुनेका हुन् । 

भारतीय जनता पार्टीका विधायक कालिदास कोलम्बकर प्रोटेम सभामुख बनेका छन् । तर, यहाँसम्म पुग्नका लागि महाराष्ट्रमा जुन बाटो रोजिएको छ, त्यसले निकै धेरै घुम्तीहरु पार गरिसकेको छ ।

भारतको सर्वोच्च अदालतले मंगलबार देवेन्द्र फडणवीसलाई बुधबार विधानसभामा बहुमत सावित गर्न आदेश दिएको थियो । तर, एनसिपी पार्टीका शरद पवारका भतिजा अजित पवारले उपमुख्यमन्त्रीबाट राजीनामा दिए । 

अजितको यो राजीनामापछि मंगलबार दिउँसो देवेन्द्र फडणवीसले पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री पदबाट पनि राजीनामा दिए । ‘अजित पवारले राजीनामा दिएपछि हामीसँग बहुमत पुर्याउन जरुरी विधायक हुने भएनन्,’ उनले भनेका थिए ।

देवेन्द्रको यो नयाँ सरकारले महाराष्ट्रमा ८० घन्टामात्र सत्ता सन्चालन गर्न पायो । देवेन्द्र आफैं महाराष्ट्रको मुख्यमन्त्री हुँदा पनि नाटकीय घटनाक्रम देखिएको थियो । पछिल्लो पटक १० नोभेम्बरमा जब भारतीय जनता पार्टीले आफूले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन नपाउने घोषणा गरेको थियो, तब त्यहाँ शिवसेना, एनसिपी तथा कांग्रेसले सत्तामा आफूहरु आउने सम्भावना बलियो भएको बताएका थिए ।



यी तीन दलले बारम्बार विभिन्न बैठकहरु पनि गरेका थिए । तर, भाजपाले त्यहाँ त्यसलाई अलिक छिटो व्यवस्थापन गरेर एनसिपीबाट शरदका भतिजा अजितलाई आफ्नो बनाएको थियो । अजितलाई शरदले यस्तो गर्दा पनि पार्टीबाट बाहिर निकालिदिएनन् । त्यही कारण पनि उनी फेरि एनसिपीका नेताहरुको कुरा मान्न बाध्य भए ।



  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार १३:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया