काठमाडौं– साग गेम्समा बिहिबार भएको दोस्रो भलिबल खेलमा भारत विजयी भएको छ । भारतले सोझो सेटमा बंगलादेशलाई हराएको हो ।
भारतले २५–१७, २५–१४, २५–१५ गर्दै लगातार तीन खेलबाट नै आफ्नो जित निकालेको हो ।
यसअघि बिहिबार नै भएको खेलमा पाकिस्तान विजयी भएको थियो । पाकिस्ताले माल्दिभ्सलाई पनि सोझो सेटमै पराजित गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।