गाडीले ठक्कर दिँदा भक्तपुरमा पैदल यात्रुको मृत्यु

भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ प्राणोदय स्कुल नजिकै पानी बोक्ने गाडीले ठक्कर दिँदा पैदल यात्रुकाे मृत्यु भएको छ । दुर्घटनामा सिन्धुपाल्चोक घर भई मध्यपुर थिमी नगरपालिका–६ पुरानोठिमी बस्ने २५ वर्षे ज्योती मगरको मृत्यु भएकाे महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पैदल हिडिरहेकी मगरलाई प्रायोदय स्कुल नजिकै बा १२ च ५६५६ नम्बरको पानी बोक्ने 'हात्ती गाडी'ले बिहीबार बिहान ९ः१५ बजे ठक्कर दिएको थियो । गम्भिर बनेकी मगरलाई उपचारका लागि मध्यपुर अस्पताल लगिए पनि उपचारकाे क्रममा मृत्यु भएको भक्तपुर प्रहरीका प्रवक्ता डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । 

मगरलाई ठक्कर दिने सवारीका चालक सोही नगरपालिका–७ बस्ने बेलबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार १७:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया