प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बुझ्न अस्पताल पुगिन् राष्ट्रपति
तस्वीर: सूर्य थापाकाे ट्विटरबाट ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेकी छिन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी आनुसार बिहिबार साँझ राष्ट्रपति भण्डारी ७ः४० मा अस्पताल पुगेकी हुन् ।

गत मंगलबार विहान अचानक पेट दुखेपछि अस्पताल पुर्याइएका प्रधामन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसपछि उनलाई आइसियुमा राखेर उपचार गरिँदै  छ । बिहिबार विहानबाट प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सुधार आएको चिकित्सकहरुले बताएका छन् । 

प्रधानमन्त्रीलाई भेटेर राष्ट्रपति भण्डारीले उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले स्वास्थ्यमा आइरहेको सुधारप्रति खुसी व्यक्त गर्दै स्वास्थ्यलाभको काम पनि गरेकी छिन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार २२:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया