महाराष्ट्रः ठाकरेको मन्त्रिपरिषद्मा सबैभन्दा युवा ५७ वर्षका, ७७ वर्षका पनि मन्त्री

एजेन्सी– लामो समयको रस्साकस्सीपछि शिवसेनाका अध्यक्ष उद्धव ठाकरेले बिहिबार भारतको महाराष्ट्रको मुख्यमन्त्री पदका लागि शपथ लिएका छन् । मुम्बईको शिवाजी पार्कमा राज्यपाल भगत सिंह कोश्यारीले उनलाई शपथ खुवाएका हुन् ।

५९ वर्षका ठाकरेले बिहिबार नै केही मन्त्रीहरुलाई पनि शपथ खुवाएका छन् । ६ जना मन्त्री बनाएका ठाकरेको मन्त्रिमण्डलमा सबैभन्दा युवा मन्त्री ५५ वर्षका छन् । उनी हुन्, एकथान शिन्दे । 

शिवसेनाको कोटाबाट मन्त्री बनेका ७७ वर्षका सुभाष देसाई चाहिँ यो मन्त्रिमण्डलका सबैभन्दा पाका नेता हुन् ।

ठाकरे क्याबिनेटका ६ मन्त्रीहरुको औसत सम्पत्ति १६ करोड भारतीय रुपैयाँ रहेको छ । यीमध्ये सबैभन्दा धनी राकांपाका नेता छगन भुजबल हुन् । सुभाष देसाई चाहिँ ७ करोडको सम्पत्ति भएका सबैभन्दा गरिब मन्त्री हुन् । स्वयं उद्धवले चाहिँ आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् ।

क्याबिनेटमा सबैभन्दा पढेका मन्त्री चाहिँ कांग्रेसका डा नितिन राउत हुन् । उनले पिएचडी गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार २२:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया