Wed, 11 Dec, 2019


विमानस्थलबाट आठ किलो सुनसहित चिनियाँ पक्राउ
फरकधार / मंसिर १३, २०७६

काठमाडौं– त्रिभुवन विमानस्थलबाट आठ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । 



गएराति विमानस्थल भन्सार कार्यालयले नियमित चेकजाँचका क्रममा दुई चिनियाँ नागरिकलाई अवैध सुनसहित पक्राउ गरेको हो ।

विमानस्थल अधिकारीका अनुसार दुवै चिनियाँ नागरिक नेपाल एयरलाइन्सको उडानमा हङकङबाट नेपाल आउँदै गरेका थिए । चेन होङयाङ र चेन क्विनहाङ नामका यी दुई चिनियाँलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।  
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्