प्रधानमन्त्री ओली खतरामुक्त हुनुहुन्छ : निजी चिकित्सक डा. शाह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उनको फिजिकल तथा बायोकेमिकल मापदण्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । ‘प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन थालिएको छ, पाचन राम्रो देखिएको छ’ उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले भनिन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे उनको उपचारमा संलग्न चिकित्सकद्वारा संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा.शाहले सो जानकारी दिँदै बायोकेमिकलअन्तर्गत श्वास–प्रश्वास, रगत, पिसाब, रक्तचापलगायत अवस्था ठिक रहेको बताइन् ।

‘प्रधानमन्त्री ओली खतरामुक्त हुनुहुन्छ । तर, सघन उपचारकक्षमा रहनुभएको छ । विस्तारै हिँडडुल गर्न थाल्नुभएको छ । मिर्गौलालगायत समग्र स्वास्थ्यमा सुधार आएको छ’, उनले सञ्चारकर्मीलाई भनिन्, ‘घाउको संक्रमण नहोस् भन्नका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको हो’, निजी चिकित्सक डा. शाहले भनिन् । 





  • प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार १६:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया