साग महिला भलिबलमा नेपाल र भारत सेमीफाइनलमा

काठमाडौं– काठमाडौंम जारी साग अन्तर्गतको महिला भलिबलमा समूह एबाट नेपाल र भारत सेमीफाइनलमा पुगेका  छन् ।  

शुक्रबार भएको समूहको अन्तिम खेलमा भारतले बंगलादेशलाई सोझो सेटमा हराएपछि नेपाल समूहको उपविजेताको रूपमा सेमिफाइनमा पुगेको हो ।

शुक्रबार भएको खेलमा भारले तिनै सेट एकपक्षीय रूपमा आफ्नो नाममा गराएको थियो । भारत समूह विजेता हुँदै सेमीफाइनल पुगेको छ । 

दुवै खेल हारेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले सेमीफाइनलमा श्रीलंका र माल्दिभ्समध्येको विजेतासँग भिड्नेछ ।





  • प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार १६:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया