पोखराका मतदान केन्द्र नजिकै विस्फोट

कास्की– प्रतिनिधि सभाको रिक्त एक स्थानका लागि मतदान भइरहेको कास्की–२ का विभिन्न मतदान केन्द्र नजिकै विस्फोट भएको छ । 

आज विहानबाट मतदान सुरु भएको तीन स्थानमा बम विस्फोट भएको हो । विस्फोटले ती ठाउँहरुमा केही समय मतदान प्रभावित भएको थियो । तर, अहिले सबै ठाउँमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । 

पोखरा ९ नयाँबजारस्थित नवप्रभात मावि, पोखरा १६ अर्मला र ३३ को मतदान केन्द्र सरस्वती मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको हो । विस्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

तत्कालीन संस्कृति, नागरिक उड्ड्यन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो स्थानमा मतदान हुन लागेको हो । 

आज हुने उपनिर्वाचनका लागि नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । उनी रवीन्द्र अधिकारीकी पत्नी हुन् । त्यस्तै, नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, विवेकशील नेपाली दलबाट जमुना शर्मा, साझा पार्टीबाट रजनी केसीलगायतले उम्मेदवारी दिएका छन् । यहाँ स्वतन्त्रबाट उमानाथ गौतम, रनबहादुर दमै, यज्ञप्रसाद पंगेनी, सुनीलबहादुर कोइरालालगायत ७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १०:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया