Fri, 13 Dec, 2019


लगातार चर्चामा आयुष्मान, बढाए आफ्नो मूल्य
फरकधार / मंसिर १४, २०७६

एजेन्सी– एक पछि अर्को गर्दै लगातार सात वटा हिट फिल्म दिएका बलिउड अभिनेता आयुष्मान खुराना अब बलिउडमा मात्र सिमित छैनन् । उनी त ब्रान्ड एम्बेसेडरका रुपमा धेरै ब्रान्डहरुलाई साथ दिइरहेका छन् । 



यो वर्षको सुरुवातमा उनीसँग पाँच वटा ब्रान्डले मात्र काम गरेका थिए । तर, अहिले उनीसँग २० वटा विभिन्न ब्रान्डले काम गरिरहेका छन् । अनि योसँगै उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । पहिले १ करोडसम्म लिने आयुष्मानले अहिले साढे दुई करोेड भारतीय रुपैयाँ ब्रान्ड एम्बेसेडर भएवापत लिन थालेका छन् । यो बढोत्तरी २५० प्रतिशत भएको र यसलाई ट्रेड पन्डितहरुले आयुष्मानको नाम सफलता तथा विश्वसनीयताको पर्याय भएको बताएका छन् । 

ब्रान्डमा मात्र होइन, आयुष्मानले पछिल्लो समय सामाजिक सन्जालमा पनि निकै धेरै फलोअर्स कमाएका छन् । उनको इन्स्टाग्राममा मात्र ८० लाखभन्दा धेरै फलोअर्स भइसकेका छन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्