भारतीय स्कुलमा एक लिटर दूधमा एक बाल्टी पानी

एजेन्सी– भारतका विद्यालयमा मिड डे मिल दिने गरिएको छ । मिड डे मिलको नाममा विद्यार्थीलाई दूधमा पानी मिलाएर पिलाइएको गुनासो पछिल्लो समय निकै बढेको छ । एक प्राथमिक विद्यालयमा त यस्तो पाइए पछि त्यहाँका प्रधानाध्यापकलाई निलम्बित समेत गरिएको छ । 

यो घटना सोनभद्र ठाउँको एक प्राथमिक विद्यालयको हो । यो घटना बुधबारको हो । तर, यसबारे खिचिएको एक भिडियो शुक्रबार सामाजिक सन्जालमा व्यापक सेयर भएको थियो । 

भिडियोमा देखाइएअनुसार त्यो दिन १७१ विद्यार्थीमा ८१ विद्यार्थी स्कुल आएका थिए । यी बच्चाहरुलाई नै पानी मिलाएर दूध बाँडिएको हो । एक लिटर दूधलाई बाल्टीमा राखेर पानी हालेर बेचिएको थियो । फेरि यही पानी हालिएको दूध बालबालिकालाई दिइएको थियो । 

यसलाई लिएर अहिले त्यो ठाउँमा व्यापक ठूलो विरोध भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १९:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया