पुरुष भलिबलमा श्रीलंकामाथि पाकिस्तानको रोमान्चक जित

काठमाडौं– साग गेम्सअन्तर्गत आज भएको खेलको पुरुष भलिबलमा पाकिस्तानले राम्रो गरेको छ । समूह बीको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई ३–१ को सेटमा पराजित गरेको हो । 

यो खासमा पाकिस्तानले गुमाएको लय फर्काएको हो । यो जितसँगै पाकिस्तान समूहको विजेता भएको छ । आजको खेलमा पाकिस्तानसँग पराजित भए पनि उपविजेतका रुपमा श्रीलंकाले पनि सेमिफाइनलमा आफ्नो स्थान बनाएको छ । 

निकै रोमान्चक र प्रतिस्पर्धात्मक पहिलो सेटमा पाकिस्तानले २८–३० को पराजय भोगेको थियो । दोस्रो सेटमा २५–१८, तेस्रोमा २५–२० र चौथोमा २५–११ ले पाकिस्तानले जित निकाल्यो । 

अब सेमिफाइनलमा श्रीलंकाले समूह एको विजेता भारत तथा पाकिस्तानले समूह एको उपविजेता बंगलादेशको सामना गर्नु पर्ने हुन्छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १७:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया