उपनिर्वाचन: थवाङ गाउँपालिकामा नेकपा विजयी

राेल्पा– रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनमा खसेको कुल २ सय ९ मत मध्ये नेकपाका उम्मेदवार जनकबहादुर बुढामगरले १७४ मत पाएर वडाध्यक्ष पदमा विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन्।

उक्त वडामा कुल १ हजार २ सय ८४ जना मतदाता थिए। तर त्यसमध्ये २०९ मत अर्थात १६.४ प्रतिशत मात्र खसेको थियो। थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको गत असार ६ गते निधन भएपछि उपनिर्वाचन भएको हो। यसअघि भएको निर्वाचनमा त्यहा वडाध्यक्षसहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्वका उम्मेदवार विजयी भएका थिए।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १९:१९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया