उपनिर्वाचनः कन्चनपुर पुनर्वास वडामा पनि नेकपा विजयी

कन्चनपुर – कन्चनपुर पुनर्वास नगरपालिकाको ३ नम्बर वडामा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन् । उनले कांग्रेसका प्रतिद्वन्द्वी दिलबहादुर लामालाई पराजित गरेका हुन् । तामाङले ५ सय २८ मत ल्याउँदा कांग्रेसका लामाले ३ सय १० मत मात्र ल्याए । 

वडामा समाजवादी पार्टीका भीमबहादुर पाख्रिनले ७५ मत पाए । शनिबार सम्पन्न उपनिर्वाचनमा त्यहाँ ९ सय २४ मत खसेको थियो । ४ मत बदर भयो । 

यसअघि रोल्पाको थबाङ १ मा पनि नेकपाकै उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १९:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया