भारतलाई जिते नेपालको स्वर्ण पदक पक्का

काठमाडौं– आइतबारबाट काठमाडौंमा सुरु हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपालले पहिलो पदक पक्का गरेको छ । महिला भलिबलमा नेपालले पदक जित्ने पक्का भएको हो । किनकि नेपाल महिला भलिबलको फाइनलमा पुगेको छ । 

नेपालले फाइनलमा भारतको सामाना गर्दै छ । 

शनिबार भएको सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा ३–० ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । प्रतिभा माली र सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा नेपालले श्रीलंकालाई सहजै पराजित गरेको हो ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया