उपनिर्वाचन: काङ्‌ग्रेसकाे पहिलाे जित बैतडीमा

बैतडी– उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीमा जित निकालेकाे छ । अहिलेसम्म आएका मतपरिणाममा कांग्रेसकाे याे पहिलाे जित हाे । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो ।

कांग्रेसका गजेन्द्रबहादुर चन्दले निकटतम प्रतिद्वन्दीलाई ४ मतले पछि पार्दै जित दर्ज गरेका हुन्  । नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए भने विजयी उम्मेदवार गजेन्द्रबहादुरले २१९ मत ल्याएका छन् । ६१९ मतदाता रहेको सो वडामा ४३८ मत खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया