Fri, 10 Jul, 2020


सबैभन्दा लामो दूरीमा प्रहार गर्न सक्ने रिभल्भर लन्च
फरकधार / मंसिर १४, २०७६

एजेन्सी– सबैभन्दा लामो दूरीसम्म प्रहार गर्न सकिने रिभोल्भर भारतमा लन्च गरिएको छ । यसको नाम निशंक राखिएको छ । एडिजी प्रेम प्रकाशले यसलाई बाहिर ल्याइएको बताएका हुन् । यो २ सय डिलरहरुलाई दिइएको जनाइएको छ । 



शुक्रबार भारतमा एक कार्यक्रम गरेर यो रिभोल्भर लन्च गरिएको हो । निशंक यसको नाम राख्नुको अगाडि कसैसँग पनि कुनै डर नहुने भएको बताइएको छ । 

यो रिभोल्भरको सबैभन्दा महत्वपूर्ण विशेषता यसको ट्रिगरलाई मानिएको छ । अहिलेसम्म रिभोल्भरको प्रभावकारी दूरी १५ देखि २० मिटर थियो । तर, अब निशंकले कम्तिमा पनि ५० मिटर लिने बताइएको छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्