Wed, 11 Dec, 2019


अब मुन्नी होइन मुन्ना बदनाम !
फरकधार / मंसिर १४, २०७६

एजेन्सी– प्रभुदेवाको निर्देशनमा बनेको सलमान खानको फिल्म दबंग ३ को ट्रेलर र गीत रिलिज भएको छ । सामाजिक सन्जालमा यसलाई खुब मन पराइएको छ । यसअघि मुन्नी बदनाम हुइ गीत अत्यन्त चर्चित भएको थियो ।



अबको फिल्ममा भने यो गीतको अर्को भर्सन मुन्ना बदनाम हुआ रिलिज गरिएको छ । यसमा वरिना हुसैनसँग सलमान खानले आइटम डान्स गरेका छन् । 

यो गीत सलमानले लाइभ कार्यक्रम राखेर रिलिज गरेका हुन् । 

यो फिल्ममा सलमानसँगै अरवाज खान, सोनाक्षी सिन्हालगायतले पनि काम गरेका छन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्