कास्की २ मतगणना स्थलमा विवाद, मतगणना सुरु हुन सकेन
कास्की २ की नेकपा उम्मेदवार विद्या भट्टराई

कास्की– कास्की २ मा शुक्रबार भएको उपनिर्वाचनको मतगणना हुन सकेको छैन । त्यहाँ मतगणना स्थलमा पुगेका विभिन्न दलका प्रतिनिधिबीच विवाद भएका कारण मतगणना सुरु हुन नसकेको हो । 

यसअघि त्यहाँ ११ः३० बाट मतगणना सुरु हुने भनिएको थियो । त्यसभन्दा अगाडि १०ः३० बजे सुरु हुने भनिएको मतगणना दलहरुबीच कुराकानी नमिलेपछि सुरु हुन सकेको थिएन । 

तर, साढे ११ बजे मतगणना सुरु हुने भनिए पनि नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीका प्रतिनिधिबीच विवाद हुँदा मतगणना सुरु हुन सकेको छैन । 

प्रतिनिधिसभाका लागि एक मात्र स्थानमा शुक्रबारमा मतदान भएको क्षेत्र कास्की दुईमा नेपाल कम्युनिस्ट पार्टीले विद्या भट्टराई उठाएको छ । त्यो क्षेत्रका सांसद तथा तत्कालीन पर्यटनमन्त्रीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । 

मतगणना स्थलमा कुन मतदान केन्द्रको मतपेटिकाबाट गणना सुरु गर्ने भन्ने विषयमा प्रारम्भिक विवाद निस्किएको थियो । यहीबीच समाजवादी पार्टी र अन्य पार्टीका प्रतिनिधिले पहिले सिल नम्बर दिनु पर्ने, मतपेटिकाहरुको गणना क्रमशः हुनुपर्ने माग राखेका हुन् । विवाद बढेपछि मतगणनास्थलबाट केही पार्टीका प्रतिनिधि बाहिर निकालिएका छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार ०:५५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया