मकालु गाउँपालिकामा नेकपा विजयी

काठमाडौं–  संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि भएको उपनिर्वाचनमा सत्तारूढ नेकपा विजयी भएको छ ।

शनिबार भएको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपाका तेजबहादुर पोखरेलले ३ हजार १८ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत ल्याए । समाजवादी पार्टीका नुर्वु शेर्पाले २२९ मत पाए ।

बाँकी चार राजनीतिक दल राप्रपा संयुक्त, राष्ट्रिय जनमुक्ति, राप्रपा, संघीय लोकतान्त्रिक मञ्चले दोहोरो अङ्‌क कटाउन सकेनन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १६:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया