काठमाडौं– नेपालले आयोजना गरेको १३ औं सागको भव्य उद्घाटन भएको छ । तीन घन्टासम्म चल्ने उद्घाटन कार्यक्रममा नेपालको झन्डा ओलम्पियन कमलबहादुर अधिकारीले बोकेका छन् । उनले सन् २००६ मा दशौं सागमा स्वर्ण पदक नेपाललाई दिलाएका थिए ।
सागमा चार पटक स्वर्ण जितेर इतिहास रचेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन पनि गरेका छन् ।
यो नेपालले साग आयोजना गरेको तेस्रो पटक हो । यसअघि सन् १९९४ मा पहिलो साग र सन् १९९९ मा नेपालले आठौं सागको आयोजना गरेको थियो ।
यो सागमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानले सहभागिता जनाएका छन् । यी देशका झन्डै ३२ सय खेलाडीले २६ खेल खेल्दै छन् । यो सागमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा हुँदैछन् ।
सागको उद्घाटन समारोहमा फरक धारका योगेश भट्टराईले केही तस्वीर लिएका छन्ः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।