मुस्लिम युवाको विहेमा हनुमानको फोटो राखेर निम्तो कार्ड

एजेन्सी–  एक मुस्लिम परिवारले आफ्नो छोराको विहेमा हिन्दू देवताको फोटो राखेर निम्तो कार्ड बनाएपछि अहिले यो कुरा भाइरल भइरहेको छ । ती युवाको विवाह सन् २०२० मा हुने हो । तर, अहिले नै निम्तो कार्ड सामाजिक सन्जालमा छाएको हो । 

कार्डमा हनुमानको फोटो राखिएको छ । त्यति मात्र होइन, कार्डमा विष्णु, ब्रह्मा, शिव र नारदमुनीको पनि फोटो राखिएको छ । त्यसैले यसलाई निकै तारिफ गरिएको छ ।

यो भारतको रसुलावादको कुरा हो । त्यहाँको एक अस्पतालमा काम गर्ने युवाको यो फोटो आफ्नो परिवारको सहमतीमा बनाइएको हो । उनको जुन परिवारमा विवाह हुँदैछ, त्यहाँ पनि यसले कुनै समस्या नपारेको उनले बताएका छन् । मुबीन नामका ती युवाले हिन्दु साथीहरुलाई कार्ड दिएपछि यो चर्चामा आएको हो । 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार २२:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया