आइसियुबाटै पक्राउ परे बलात्कार आरोपमा सिद्धबाबा

काठमाडौं– आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीले उनलाई अस्पतालको आइसियुबाट पक्राउ गरेको हो । 

उनी उपचारका लागि विराट नर्सिङ होममा भर्ना भएका थिए । आइतबार नै उनलाई पक्रन त्यहाँ प्रहरी पुगेको थियो । तर, अस्पतालका चिकित्सकले उनको हृदयघात भएको भन्दै आइसियुमा राखेका थिए । 

सोमबार विहान करिब पाँच बजेतिर उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता विनोद शर्माले फरक धारलाई बताए । ‘अरु बेला पक्राउ गर्दा अनुयायीहरुका कारण समस्या पर्न सक्छ भनेर उनलाई विहान पक्राउ गरेका हौँ,’ उनले भने । 

प्रहरीले सिद्धबाबालाई आजै अनुसन्धानका लागि म्याद थप्न अदालत लैजाने तयारी गरेको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार ९:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया