सागमा नेपालका लागि पहिलो पदक दिलाइन् चन्चलाले

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो पदक जितेको छ । पाकिस्तानसँग फाइनलमा पराजित हुँदै नेपालले पहिलो पदक रजत जितेको हो । 

यो पदक चन्चला दनुवारले नेपाललाई दिलाएकी हुन् । कराँतेको सिनियर महिला व्यक्तिगत कातातर्फ उनले नेपाललाई यो सागको पहिलो रजत पदक दिलाएकी हुन् ।

उनी पाकिस्तानकी साइदासँग पारजित भइन् । पाकिस्तानी साइदाले २५.२८ अंक ल्याएर स्वर्ण जितिन् । चन्चलाले २४.६२ अंक प्राप्त गरेकी थिइन् । चन्चला समूह एबाट शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेकी हुन् । 





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १०:५२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया