पैसा कमाउन सोच्न सजिलो होस् भनेर बनाइयो एक लाख डलरका नोट टाँसेर कुर्ची

एजेन्सी– यस्तो लाग्छ, मानौँ विश्व अहिले पनि पैसाको पछाडि दौडिइरहेको छ । हुन पनि विश्वको जुनसुकै कुनामा पनि पैसाका लागि केही गर्नु पर्छ भन्ने सोच बढिरहेको छ । 

अब रुसको राजधानी मस्कोमा पनि एउटा आर्ट म्युजियममा यस्तो कुर्ची बनाइएको छ जसमा कम्तिमा पनि एक लाख अमेरिकी डलरका नोट टाँसिएको छ । यो कुर्चीमा आम मानिस पनि बस्न पाइने बनाइएको छ ।

यो कुर्चीको नाम एक्स १० मनी थ्रोन राखिएको छ । यसलाई आम मानिसलाई बस्नका लागि बनाइनुको कारण यसमा मानिसहरु बसेर पैसा कमाउने भन्नेबारे सोच्नका लागि हो । 





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार ११:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया