धरान उपमहानगरको मेयरमा वर्षौपछि कांग्रेस निर्वाचित

काठमाडौं– धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् । 

उनले नेपाल कम्युनिस्ट पार्टीका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गरेका हुन् । तिलकले २६ हजार ७०९ मत पाएका छन् ।

धरानमा कांग्रेसले जित निकालेको यो वर्षौ पछि हो । २०४६ सालमा बहुदल आएपछि कांग्रेसले धरानमा जित निकाल्न सकेको थिएन । 

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा त्यहाँ तत्कालीन एमालेका तारा सुब्बा मेयरमा निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १२:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया