कास्की २ मा १९ उम्मेदवारको जमानत जफत

कास्की– कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ । 

सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो ।

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये  ४५ हजार ५ सय ४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५ सय ५६ मत चाहिएको थियो । चुनावी मैदानमा २१ जनामध्ये ६ उम्मेदवारले पाँच मत पनि कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवारका रुपमा रहेका उनीहरुमा दुईजनाले एक–एक मत, तीन जनाले चार–चार मत र एकजनाले पाँच मत पाएका छन् ।
     
राष्ट्रिय दलको मान्यताप्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । कास्की २ मा मतको आधारमा तेस्रो स्थानमा रहेका सो दलका धर्मराज गुरुङले एक हजार ९ सय २२ मत मात्र प्राप्त गरे ।

त्यस्तै, राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १ सय ५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की  गंगा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा मालेका टेकनारायण भण्डारीले ५१, मंगाेल नेसनल अर्गनाइजेसनका रियाज गुरुङले १ सय ३८, कांग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत पाएका छन् ।
    
स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका उमानाथ गौतमले एक, कमलजंग कुँवरले ६१,  दीपक रेग्मीले पाँच, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पंगेनीले एक, रनबहादुर दमैले चार, लक्ष्मीकुमारी भुजेलले चार, सुनीलबहादुर कोइरालाले ११ र सुनील भुसालले चार मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १४:२९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया