साझा पार्टीले छिट्टै देशव्यापी ‘भुइँ यात्रा’ गर्ने

काठमाडौं– साझा पार्टीले देशव्यापी रुपमा ‘साझा भुइँ यात्रा' गर्ने भएको छ । भर्खरै सम्पन्न उपनिर्वाचनमा विजयी सबै उम्मेदवारहरुलाई बधाई दिँदै साझा पार्टीले आफ्नो भावी यात्राबारे जानकारी गराएको छ । 

राजनीतिक पार्टीको जनतासँगको प्रत्यक्ष सम्बन्धका लागि तल्लो तहसम्मको पार्टी संगठनको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टी के हो, के होइन, यसले के गर्छ, के गर्दैन भन्नेजस्ता पार्टीबारेका आधारभूत जानकारी जनतामाझ राम्रोसंग सम्प्रेषण हुन सकेको छैन ।’ 

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा पुराना दलको आलोचना गर्दै भनिएको छ, ‘पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता–शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ ।’

आचार्यले आफ्नो पार्टीलाई मत दिने जनतालाई धन्यवादसमेत दिँदै लेखेका छन्, ‘सारा प्रतिकूलताका बाबजुद हामीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टी हार्दिक आभार प्रकट गर्दछ ।’

सो पार्टीले मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यस अभियानमा सरिक हुन आफ्ना शुभेच्छुकहरुलाई पनि सो पार्टीले आग्रह गरेको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १५:२३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया