काठमाडौं– करिब साँढे चार वर्षपछि दशरथ रंगशालमा फुटबल खेल फर्किएको छ ।
१३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत बंगलादेश तथा भुटानको पुरुष फुटबल खेलमार्फत दशरथ रंगशालामा फुटबल फर्किएको हो ।
खेलमा भुटानले १–०को जित हासिल गरेको छ । भुटानका लागि खेलको ६५औँ मिनेटमा कप्तान चेन्को ग्यालसेनले गरेको गोलनै जितका लागि पर्याप्त रह्यो ।
उनले पुबु थान्लेले मिलाएको पासलाई सदुपयोग गरेका थिए । भुटानको यो बंगलादेशविरुद्व पहिलो जित हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।