Wed, 11 Dec, 2019


पुरुष भलिबलमा श्रीलंकालाई कास्यपदक
फरकधार / मंसिर १६, २०७६

१३औँ सागअन्तर्गतको पुरुष भलिबलमा श्रीलंकाले कास्यपदक हासिल गरेको छ ।
 
त्रिपुरेश्वरस्थित राखेप कबर्ड हलमा सोमबार भएको खेलमा बंगलादेशलाई ३–१ को सेटमा पाराजित गर्दै श्रीलंकाले कास्य जितेको हो । 



पहिलो सेट २३–२५ ले गुमाएको श्रीलंकाले दोस्रो सेटमा पुनरागमन गर्दै २५–२०को जित हासिल गर्यो । 

त्यस्तै तेस्रो सेट २५–१६ले आफ्नो नाममा गराएको श्रीलंकाले चौथो सेटमा २५–२१ को जित हासिल गर्दै कास्यपदक पक्का गरेको हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्