उसुमा नेपाललाई दुई स्वर्ण

काठमाडौं– मंगलबार विहान भएका खेलमा उसुमा नेपालले दुई स्वर्ण थपेको छ । योसँगै नेपालले १३ औं सागमा स्वर्ण पदकको संख्या १७ पुर्याएको छ । 

मंगलबार भएको खेलमा उसुको थाउलु छान्क्वानमा पुरुषतर्फ विजय सिन्जाली र महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् । 

तरबारसहित कला प्रदर्शन गरिने विधामा सिञ्जालीले ९.४८ अङ्क प्राप्त गरेर बाङ्ग्लादेशको मोहम्मद ओमार र श्रीलङ्काको सौभ्य प्रभाकरलाई पछाडि पारे ।

ओमारले ९.३४ र प्रभाकरले ९.१३ अङ्क प्राप्त गरे ।

तामाङले ९.४४ अङ्क प्राप्त गरिन् भने रजत पदक विजेत बाङ्ग्लादेशकी नूर बहार बेगमले ८.५५ अङ्क प्राप्त गरिन् । श्रीलङ्काली खेलाडी थाग बाग्सालाले ७.५३ अङ्कका साथ कास्य जितिन् ।





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार १०:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया