बाग्लुङमा जिप दुर्घटना, १४ जनाको मृत्यु
तस्वीर: ढाेरपाटनन्युज

बाग्लुङ– बाग्लुङमा जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । 

गुल्मीको इश्माबाट बाग्लुङको बुर्तिवाङ आउँदै गरेको ग १ ख ४२१९ नम्बरको जिप सडकबाट खोलामा खसेको थियो । 

कुलपुजाको रिजर्भ गरिएकाले याे जिपमा भएका अधिकांश आफन्त हुनसक्ने प्रहरीले जनाएकाे छ । दुर्घटनामा घटनास्थलमा नै जिपका चालककाे पनि मृत्यु भएकेा छ ।मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र एक बालक रहेका छन् । 

प्रहरीका अनुसार दुर्घटनामा मृतकको सनाखत हुन बाँकी छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिपमा चालक सहित १८ जना रहेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार ११:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया