आजकाे दिन हाम्रा लागि राम्राे रहेन: ज्ञानेन्द्र मल्ल

काठमाडौं– राम्रो ब्याटिङ गरे पनि नेपालको फिल्डिङमा धेरै गल्ती हुँदा १३ औँ साग अन्तर्गत भएको पुरुष क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकासँग पराजय भोग्नु परेको छ । श्रीलंका यू २३ सँग नेपाल ६ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको थियो । श्रीलंकाले ४ विकेटको क्षतिमा यो लक्ष्य भेट्ट्यायो ।

खेल सकिएपछि कप्तान ज्ञानेन्द्र मल्ले आजको दिन खराब रहेकाले आफूहरुले पराजय भोगेको बताए । 

श्रीलंकाका लागि शाम्मु अशानले ७२ रन बनाए । ४४ बलको सामाना गर्दै उनले ५ छक्का र ४ चौकाको सहयोगमा यो रन बनाएका हुन् । निशान मदुस्काले ४६, पथम निशान्काले ३० रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी, पवान सर्राफ, सुशन भारीले नेपालका लागि विकेट लिएका थिए । उनी एक रनमा नै आउट भएका थिए । आरिफ शेख, कप्तान ज्ञानेन्द्र मल्ल पनि १९ र २१ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले नेपालका लागि ७२ रन प्रहार गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार १७:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया