यो गाउँमा बस्ने भन्नुस्, पाउनु हुनेछ ३२ लाख

एजेन्सी–जब इटालीका गाउँमा मानिसहरुले आफ्नो घर एक डलरमा बेच्न सुरु गरेका थिए, त्यति बेला धेरैले यसलाई स्वागत गर्न थाले । यो खुसीयाली पनि थियो । तर, अब इटालीकै एउटा प्रस्तावले सबैलाई पक्कै लोभ्याउँछ । 

रोमको पूर्वमा रहेको मोलिसे क्षेत्र बहुतै सुन्दर छ, त्यहाँको प्रकृति बहुतै राम्रो छ । तर, त्यहाँका १०६ गाउँमा अहिले जम्मा दुई हजार मानिस बसिरहेका छन् । त्यसैले यी गाउँमा एउटा यस्तो प्रस्ताव ल्याएको छ, कि त्यहाँ बस्नेले २७ हजार डलर करिब ३२ लाख रुपैयाँ पाउनेछन् । यो योजना ती गाउँलाई बचाउन ल्याइएको हो । 

त्यहाँ बस्ने मात्र होइन, त्यहाँ बस्न चाहनेलाई इटालीको सरकारले नै जागिर पनि दिने भएको छ । उसले महिनाको ७७० डलर तीन वर्षसम्मका लागि दिने बताएको हो । योबीचमा त्यहाँ बस्न चाहनेले जागिर खोजिसक्नु पर्ने हुन्छ । 

त्यहाँ बस्न चाहनेले अर्को एउटा सर्त पनि मान्नुपर्छ । त्यहाँ बस्नेले त्यहाँ सानोतिनो व्यापार सुरु गर्नु पर्ने हुन्छ । अझ झन् युवाहरुलाई त यो गाउँले विशेष अफर नै ल्याएको छ । यो स्किम सुरु भएको १६ सेप्टेम्बर देखि हो । त्यहाँ बस्न चाहनेले आवेदन दिन सक्छन् । 





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार २०:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया